जसपाका युवा नेता दिपक यादवको निधन

जसपाका युवा नेता दिपक यादवको निधन

लोक आवाज,
जनकपुरधाम, भदौ १२ । जनता समाजवादी पार्टी जसपा नेपालका वरिष्ठ नेता तथा केन्द्रीय सल्लाहकार सदस्य दिपक कुमार यादव टुटु बाबुुको विराटनगरमा उपचारका क्रममा बुधबार निधन भएको छ।

सप्तरीको महादेवा गाउँपालिकाका निवासी ७५ वर्षीय यादव हालै निर्वाचित गाउँपालिका अध्यक्षका रूपमा कार्यरत थिए।उनको पार्थिव शरीर बुधबार नै गाउँमा ल्याइएर अन्तिम श्रद्धाञ्जली तथा धार्मिक विधिअनुसार अन्त्येष्टि तयारी गरिएको छ। परिवारका अनुसार, अन्तिम संस्कार बिहीबार सम्पन्न गरिनेछ।

यादवको निधनले जसपा मात्र होइन, सप्तरीको राजनीतिक र सामाजिक वृत्तमा समेत शोकको छायाँ फैलिएको छ। स्थानीय तहमा विकास, समावेशिता र न्यायको पक्षमा निरन्तर सक्रिय रहेका यादवको योगदानलाई पार्टीले उच्च सम्मानका साथ स्मरण गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार