आज देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान

आज देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान

लोक आवाज,
काठमाडौँ, भदौ १२ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास सक्रिय छ भने बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव समेत बढेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पूर्ण बदली रहनेछ, जबकि अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।

यी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले सम्भावित पहिरो, डेब्रिज फ्लो गेग्रान बहाव तथा नदी नालामा पानीको सतह वृद्धि हुने जोखिम भएकाले यात्रु, स्थानीयवासी र सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार