अनुहारकै कारण पेलिन्छ तराईका किसान” — उपेन्द्र यादव

अनुहारकै कारण पेलिन्छ तराईका किसान” — उपेन्द्र यादव

लोक आवाज,
काठमाडौँ भदौ, १२ । जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले किसानका मागप्रति संवेदनशीलता नदेखाएको आरोप लगाएका छन्।

बिहीबार माइतीघरमा भएको प्रदर्शनमा सहभागिता जनाउँदै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै प्रश्न गरे, “हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, किसानको समस्या पनि समाधान गर्ने होरु” उनले किसानको समस्याको नाममा थुप्रै अनुदान र सहयोग आइरहेको स्मरण गराउँदै, राज्यले इच्छाशक्ति देखाए समाधान सहजै सम्भव हुने दाबी गरे।

“अनुहार मन नपरेपछि पेलिन्छ तराईका किसान”

यादवले राणाकालदेखि तराईवासी किसानमाथि हुँदै आएको विभेदप्रति ध्यानाकर्षण गराउँदै भने, “तराईको किसानको अनुहार मन नपरेपछि पेल्न खोजिन्छ।” उनको भनाइमा राज्य संरचनामै पूर्वाग्रही सोच रहेको र त्यसकै कारण किसानहरू दशकौँदेखि पीडित बन्नुपरेको छ।

सरकार गैरजिम्मेवार, आन्दोलनप्रति चासो छैन — यादव

सरकारले किसानका आवाजप्रति चासो नदिएको भन्दै यादवले वर्तमान नेतृत्वलाई “गैरजिम्मेवार” करार गरे। “जब जनताको आवाज सडकमा आउँछ, त्यसलाई तुरुन्त सम्बोधन गर्नु सरकारको दायित्व हो,” उनले भने।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार