लोक आवाज,
काठमाडौँ, भदौ ११ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउमा भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले बढी हो। मंगलबार सो मूल्य १ लाख ९८ हजार ७०० रुपैयाँ थियो।
१० ग्राम सुनको मूल्य बुधबार १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ। यसैबीच, चाँदीको मूल्यमा भने सानो गिरावट आएको देखिन्छ। मंगलबार तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार २ हजार ३४५ रुपैयाँमा झरेको छ। व्यवसायीहरूका अनुसार सुनको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव तथा स्थानीय माग–आपूर्तिको असरले भएको हो। चाँदीमा देखिएको गिरावटलाई सामान्य परिवर्तनको रूपमा लिइएको छ।




प्रतिक्रिया !