लोक आवाज,
काठमाडौँ, भदौ ११ । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ। मौसम प्रणालीको प्रभावले गर्दा आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा समेत वर्षा हुन सक्छ। हालसम्म भने गएराति देशका कुनै स्थानमा उल्लेखनीय मात्रामा वर्षा भएको छैन। यद्यपि, महाशाखाले आज र भोलि केही स्थानहरूमा वर्षा जारी रहने संकेत दिएको छ।
सावधानी अपनाउन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।



प्रतिक्रिया !