जनकपुरधाममा भव्य पूजासहित गणेश चतुर्थी पर्व सम्पन्न

जनकपुरधाममा भव्य पूजासहित गणेश चतुर्थी पर्व सम्पन्न

लोक आवाज,
जनकपुरधाम, भदौ ११ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थी पर्व आज जनकपुरधाममा विशेष पूजाआराधना र विविध धार्मिक कार्यक्रमहरूसहित मनाइएको छ। धार्मिक मान्यताअनुसार यसै दिन विघ्नहर्ता भगवान् गणेशको प्रादुर्भाव भएको विश्वास गरिन्छ।

जनकपुरधामको रामचौकस्थित श्री गणेश युवा कमिटिले आयोजना गरेको पूजामा स्थानीय बासिन्दा र श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको छ। मन्दिर परिसरलाई झलमल्ल बनाउने गरी आकर्षक सजावट गरिएको छ। गणेश युवा कमिटीले यस अवसरमा पाँचदिने धार्मिक एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ, जसअन्तर्गत विशेष पूजा, सन्ध्या आरती, प्रसाद वितरण, साधु भण्डारा, र हनुमान आराधना जस्ता गतिविधिहरू छन्।

पूर्व अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार, गणेश युवा कमिटीले वि.सं. २०५४ देखि निरन्तर रुपमा गणेश चतुर्थीमा विशेष आयोजनाहरू गर्दै आएको छ, जसले धार्मिक एवं सामाजिक सद्भाव बढाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार