रुबी हत्या आरोपमा थुनामा रहेका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

रुबी हत्या आरोपमा थुनामा रहेका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

लोक आवाज,
रौतहट, भदौ ११ । रौतहटको बहुचर्चित रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ।

पासवानले आत्मदाह प्रयास गरेका थिए। पेट्रोल छर्केर आगो लगाएका उनी रौतहटको माधवनारायण नगरपालिका–६ नहर किनारमा बिहान साढे ६ बजे गम्भीर घाइते अवस्थामा फेला परेका थिए। गत शनिबार गौर बजार जान भनेर निस्किएकी २२ वर्षीया रुबी साहको शव सुटकेसभित्र प्याक गरिएको अवस्थामा फेला परेको थियो। अनुसन्धानपछि प्रहरीले पासवानलाई घटनाको मुख्य आरोपीको रूपमा चिनाएको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार