मिथिलाञ्चलमा तिजको रौनक

मिथिलाञ्चलमा तिजको रौनक

लोक आवाज,
जनकपुरधाम, भदौ १० । मिथिलाञ्चलमा हिन्दू महिलाहरूले प्राचीन कालदेखि श्रद्धापूर्वक मनाउँदै आएको हरितालिका तीज पर्वले आज सांस्कृतिक र सामाजिक एकताको नयाँ आयाम पाइरहेको छ। पहाडी तराई–मधेसका समुदायमा लामो समयदेखि प्रचलित यो पर्व अहिले मधेसी क्षेत्रका विभिन्न वर्गमा पनि तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ।

पहिले घरभित्र सीमित रूपमा व्रत बस्ने र पूजा गर्ने चलन रहेका तीज पर्वमा हाल सार्वजनिक स्थलमा सामूहिक सहभागिता देखिन थालेको छ। यसै क्रममा आज जनकपुरधामस्थित ऐतिहासिक शिव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरूको घुइँचो लागेको थियो। महिलाहरूले रातभर जाग्राम बसेर भजन–कीर्तन गर्दै भगवान शिव र पार्वतीको पूजा आराधना गरे। एक व्रतालु महिलाले भनिन्, “शिव पूजाले पति र सन्तानको दीर्घायु र परिवारमा सुख–शान्ति ल्याउँछ भन्ने विश्वासका साथ हामी व्रत बसिरहेका छौं।” विगतमा जातीय–सांस्कृतिक सीमिततामा रहेको तीज पर्वले अहिले मिथिलाञ्चलमा सामाजिक समावेशीकरण र मेलमिलापको अवसर बनेको देखिन्छ।

जनकपुरधामसहित मधेसका विभिन्न शिवालयहरूमा महिलाहरूको बढ्दो सहभागिताले तीज पर्वले मात्र होइन, सामाजिक सौहार्द र सांस्कृतिक जीवंतताको अभिव्यक्ति पनि भएको पुष्टि गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार