लोक आवाज,
काठमाडौँ, भदौ १० । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्व तर्फ सरदरभन्दा दक्षिण र पश्चिम तर्फ सरदर स्थानमा रहेको जनाएको छ। यसका कारण आज देशका पहाडी भूभागहरूमा सामान्यतया बदली हुने र बाँकी स्थानहरूमा आंशिक बदली रहने संभावना छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही भागहरूमा हल्का वर्षा भइरहेको छ भने कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा पनि पानी परेको छ। दिउँसो पहाडी भूभागमा बदली रहनेछ भने तराई क्षेत्रमा, विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। राति पनि पहाडी भूभागमा सामान्य बदली रहनेछ र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसम विभागले वर्षा हुने स्थानहरूमा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।



प्रतिक्रिया !