मिथिलामा चौरचन पर्वको सांस्कृतिक रंगिन उत्सव

मिथिलामा चौरचन पर्वको सांस्कृतिक रंगिन उत्सव

लोक आवाज,
जनकपुरधाम, भदौ १० । मिथिला क्षेत्रका गाउँबस्तीहरूमा आज चन्द्रमाको पूजा गर्दै चौरचन पर्व धुमधामका साथ मनाइँदैछ। श्रद्धा र आस्थाले भरिपूर्ण यो पर्वमा आज राति विशेष पूजाआजा गरिन्छ।

व्रतालु महिलाहरूले दिनभर निराहार उपवास बसेर राति चन्द्रमाको पूजा गरेपछि अन्न र जल ग्रहण गर्ने परम्परा छ। जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीका अनुसार, चौरचन पर्वमा फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन छ। मिथिलाञ्चलका ग्रामीण क्षेत्रमा यस पर्वलाई ‘चौरचनपर्व’ भनिन्छ भने कतिपय ठाउँमा ‘चौठचन्द्र पर्व’ नामले पनि चिनिन्छ। धार्मिक आस्था र सांस्कृतिक एकतालाई बलियो बनाउन यो पर्वले विशेष भूमिका खेल्दै आएको विश्वास गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार