मुख्यमन्त्री सिंहको शुभकामना : चौरचन र गणेश चतुर्थीले ल्याओस् उज्यालो भविष्य

मुख्यमन्त्री सिंहको शुभकामना : चौरचन र गणेश चतुर्थीले ल्याओस् उज्यालो भविष्य

लोक आवाज,
जनकपुरधाम, भदौ १० । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वको अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री सिंहले चौरचन पर्वलाई भक्तिभाव र सांस्कृतिक पहिचानसँग जोड्दै यसले समाजमा पारिवारिक आत्मीयता, आपसी सद्भाव र एकता मजबुत बनाउने उल्लेख गरे। त्यस्तै, गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति श्रद्धा अभिव्यक्त गर्दै जीवनका चुनौतीहरूलाई धैर्यता, बुद्धि र सकारात्मक उर्जाबाट पार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमा भनेका छन्, “चौरचन र गणेश चतुर्थी पर्वले दिएको शान्ति, श्रद्धा, सद्भाव र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन मार्गदर्शक हुनेछन्।” साथै, उनले भगवान् चन्द्रदेव र गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु र आपसी प्रेमको विकास होस् भन्ने कामनासमेत व्यक्त गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार