लोक आवाज,
जनकपुरधाम, भदौ ८ । आगामी उपनिर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि थप तिब्र हुँदैछ। विभिन्न दलका थुप्रै नेताहरू दल परिवर्तन गर्दै जनमत पार्टीमा प्रवेश गरिरहेका छन्।
गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ बाट नागरिक उन्मुक्ति पार्टी नाउपा का उम्मेदवार धनीराम चौधरीसहित दर्जनौँ नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टीमा सामेल भएका छन्। सो अवसरमा सियारी गाउँपालिका हनैयामा आयोजित कार्यक्रममार्फत जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरे।
लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताका अनुसार नवप्रवेशीहरूमा थारु कल्याणकारी तथा थरुहट सङ्घर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नाउपाका केन्द्रीय सदस्य तथा जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी रहेका छन्। गत निर्वाचनमा धनीराम चौधरीले रुपन्देही–१ बाट करिब १४ हजार मत ल्याएका थिए। अध्यक्ष राउतले नयाँ सदस्यहरूलाई पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी दिइने र उनीहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उपनिर्वाचन नजिकिदै गर्दा क्षेत्रीय राजनीतिक दलहरूबीच गठबन्धन र रणनीतिमा परिवर्तन आउने सम्भावना बढ्दै गएको छ। यसले आगामी चुनावमा नयाँ राजनीतिक परिदृश्य निम्त्याउन सक्छ।




प्रतिक्रिया !