लोक आवाज,
काठमाडौँ, भदौ ८ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ कायम थियो।
चाँदीको मूल्य भने केही उतारचढावका बीच आइतबार ४० रुपैयाँले घटेर प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ। सुनको मूल्यमा आएको बढोत्तरीसँगै बजारमा सुन किनबेचमा उत्साह बढेको देखिएको छ।




प्रतिक्रिया !