“वीरगञ्ज नाकाबाट माल ओसारपसारमा उल्लेखनीय दोब्बर वृद्धि”

“वीरगञ्ज नाकाबाट माल ओसारपसारमा उल्लेखनीय दोब्बर वृद्धि”

लोक आवाज,
पर्सा, भदौ ७ । चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो महिनामा वीरगञ्ज भन्सार नाकाबाट आयात, निर्यात र राजस्व संकलन तीनै क्षेत्रमा महत्वपूर्ण उछाल आएको छ।

भन्सार कार्यालयका अनुसार, साउन महिनामा रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु आयात भएका छन्, जुन गत वर्षको साउन महिनाको तुलनामा रु ८ अर्ब ११ करोडले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा आयात रु ६० अर्ब ६ करोड थियो। निर्यातमा पनि सकारात्मक वृद्धि देखिएको छ। साउनमा रु ८ अर्ब ४५ करोड बराबरको सामान निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको रु ३ अर्ब ५ करोडको तुलनामा उल्लेखनीय बढोत्तरी हो।

त्यस्तै, राजस्व संकलनमा पनि उछाल देखिएको छ। चालु वर्षको साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु १५ अर्ब ९२ करोडभन्दा बढी हो। व्यापारिक गतिविधिमा आएको यो बृद्धिले देशको आर्थिक स्थितिमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरूले उल्लेख गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार