“उपेन्द्र यादवलाई माओवादीको कडा जवाफ: हत्या राजनीतिक विषय नबनाओस्”

“उपेन्द्र यादवलाई माओवादीको कडा जवाफ: हत्या राजनीतिक विषय नबनाओस्”

लोक आवाज,
काठमाडौँ, भदौ ७ । नेकपा माओवादी केन्द्रले २०६३ सालको गौर हत्याकाण्डलाई राजनीतिक आवरणमा लुकाउन नहुने दाबी गरेको छ। पार्टीका महासचिव देव गुरुङले भने, “घटनाको स्वरूप राजनीतिक भए पनि घेराबन्दी गरी गरिएको सामूहिक हत्या कुनै पनि हालतमा स्वीकार्य छैन।”

गुरुङले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै गौर हत्याकाण्डबारे स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिन अनिवार्य भएको औंल्याए। यादवले केही दिनअघि यस घटनालाई राजनीतिक घटनाका रूपमा व्याख्या गरेपछि माओवादीले कडा आपत्ति जनाएको छ। त्यस समयमा मधेसी जनअधिकार फोरमको नेतृत्व यादवले गरिरहेको थियो र मानवअधिकार आयोगको प्रतिवेदनले पनि यादवलाई यस घटनासँग जोडेको उल्लेख गुरुङले गरे। गौर घटनामा सर्वोच्च अदालतको परमादेशबारे टिप्पणी गर्दै गुरुङले भने, “सन्दर्भ हेर्दा राजनीतिक प्रेरणा र प्रतिशोधका आशंका गर्न सकिने ठाउँहरू प्रशस्त छन्।” उनले जसपाले भूमि विधेयकको विरोधमा सरकारबाट बाहिरिएको घटनालाई समेत अदालतको फैसला राजनीतिक उद्देश्यले प्रेरित हुन सक्ने संकेत भने।

यद्यपि, माओवादी केन्द्रले अदालतको निर्णयलाई स्वीकार्ने प्रतिबद्धता जनाउँदै गुरुङले न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्नुपर्ने जोड दिए। उनले केही मुद्दामा अदालतले नीतिगत दृष्टिकोण नलिएको पनि उल्लेख गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार