“देशभर वर्षा गतिविधि सक्रिय, केही ठाउँमा भारी वर्षा हुनसक्ने”

“देशभर वर्षा गतिविधि सक्रिय, केही ठाउँमा भारी वर्षा हुनसक्ने”

लोक आवाज,
काठमाडौँ, भदौ ७ । हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थानमा रहँदा देशभर मौसममा सक्रियता देखिएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मनसुन प्रणाली थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका अधिकांश भागमा सामान्यतया बदली रहनेछ। तराईका केही स्थानहरू र पहाडी भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि मौसममा परिवर्तन हुने सम्भावना छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने बताइएको छ। विशेषगरी गण्डकी प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले महाशाखाले पहिरो, बाढी र जलमग्नता लगायत जोखिमका कारण सतर्क रहन आग्रह गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार