राजेन्द्र महतोको अगुवाइमा राष्ट्रिय मुक्ति पार्टीको ४१ जिल्लामा प्रतिनिधि परिचालन

राजेन्द्र महतोको अगुवाइमा राष्ट्रिय मुक्ति पार्टीको ४१ जिल्लामा प्रतिनिधि परिचालन

लोक आवाज,
काठमाडौँ,भदौ ७ । राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रव्यापी संगठन विस्तार अभियान सुरु गर्ने तयारी थालेको छ। हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले देशभर ४१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा पार्टी नेताहरू खटाउने निर्णय गरेको हो।

पार्टीले आगामी भदौ ८ देखि असोज २२ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्दै ताप्लेजुङदेखि कैलाली र काठमाडौं उपत्यकादेखि सुदूरपश्चिमसम्म संगठनलाई मजबुत बनाउने योजना सार्वजनिक गरेको छ। पार्टीले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई आफ्नो मूल वैचारिक आधारका रूपमा अघि सारेको छ। पार्टीका प्रवक्ता रविन्द कुमार श्रेष्ठका अनुसार, बैठकले देशभर जनआन्दोलन सुरु गर्ने निर्णय पनि लिएको छ। उत्पीडित समुदायहरूबीच एकता अपरिहार्य रहेको निष्कर्ष निकाल्दै पार्टीले बहुल राष्ट्रिय राज्य निर्माण, सहकारी अर्थतन्त्रको प्रवर्द्धन, र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिने बताएको छ।

देश गहिरो राजनीतिक संकट, सांस्कृतिक विघटन, र आर्थिक दिवालियापनको अवस्थाबाट गुज्रिरहेको ठहर गर्दै, पार्टीले २०७२ को संविधानले मधेशी, थारू, आदिवासी, मुस्लिम र दलित समुदायहरूलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाएको छ। बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच श्रावण २९ गते भएको कार्यगत एकतालाई औपचारिक अनुमोदन गर्दै, आगामी दिनहरूमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार