तीव्र वर्षाको पूर्वानुमान, चार प्रदेशमा उच्च बाढी–पहिरो जोखिम

तीव्र वर्षाको पूर्वानुमान, चार प्रदेशमा उच्च बाढी–पहिरो जोखिम

लोक आवाज,
काठमाडौँ, भदौ ६ । सक्रिय मनसुन प्रणालीका कारण देशका अधिकांश भूभागमा मौसम बदली रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान पोखरामा एक घन्टामै ४२।६ मिलिमिटर वर्षा मापन गरिएको छ भने पर्वत, लमजुङ र कास्कीका विभिन्न स्थानमा पनि उल्लेख्य वर्षा भएको छ। दिउँसो देशभर सामान्य बदली रहने अनुमान गरिएको छ तर पहाडी क्षेत्रमा वर्षा तीव्र हुनसक्ने महाशाखाको चेतावनी छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातको समयमा देशका पहाडी भागमा सामान्य बदली रहनुका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गर्दै बाढी, पहिरो तथा ढुंगेखोला र नदीनालामा जलस्तर अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्न स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार