रौतहट विद्यालयमा ताला फोडि चोरी

रौतहट विद्यालयमा ताला फोडि चोरी

लोक आवाज,
रौतहट, भदौ ६ । रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित मेवा आधारभूत विद्यालयमा बिहीबार राति अज्ञात समूहले ताला फोडेर चोरी गरेको घटना सार्वजनिक भएको छ। चोरीमा विद्यालयका स्टोर र मुख्य गेटको ताला रडको प्रयोग गरेर तोडिएको थियो। चोरी भएका सामग्रीमा ग्यास चुल्हो, सिलिन्डर, तेल–मसला, बाल्टिन, कुर्सी, इन्टरनेट राउटर, नेपाली शब्दकोश र ५० भन्दा बढी साबुनलगायत विद्यार्थीहरूका दैनिक प्रयोगका सामानहरू रहेका छन्।

विद्यालयका प्रधानाध्यापक रामजन्म महतोका अनुसार चोरीका कारण दिवा–खाजा तयारीमा समस्या देखिने छ। घटना बारे प्रहरी चौकी मेवाले पुष्टि गर्दै छानबिन थालेको छ। प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरूको पहिचान अझै सकिएको छैन र खोजी कार्य तीव्र बनाइएको छ।

विद्यालयका कर्मचारीहरू र विद्यार्थीहरू यस घटनाबाट निकै प्रभावित भएका छन्। इन्टरनेट राउटर चोरी भएपछि विद्यार्थीहरूको अध्ययनमा समेत बाधा पुग्ने देखिन्छ। यस घटनाले विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पर्ने चेतावनी व्यक्त गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार