उपेन्द्र यादवमाथिको दुष्प्रचारको विरुद्धमा जनताको आक्रोश

उपेन्द्र यादवमाथिको दुष्प्रचारको विरुद्धमा जनताको आक्रोश

लोक आवाज,
काठमाडौँ भदौ ५ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका ‘झुटा र पूर्वाग्रही’ आरोपको विरोध स्वरूप समाजवादी महिला सङ्घ केन्द्रीय समितिले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी महिलाहरूले यादवको राजनीतिक छविमा धक्का पुर्‍याउने उद्देश्यले षड्यन्त्रपूर्ण आरोप लगाइएको भन्दै त्यसको कडा निन्दा गरेका छन्। उनीहरूले दोषीलाई कारबाही र निष्पक्ष अनुसन्धानको माग गर्दै आरोप तत्काल फिर्ता लिन चेतावनी दिएका छन्।

यसअघि सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डसँग सम्बन्धित मुद्दामा उपेन्द्र यादवलगायतका विरुद्ध अनुसन्धान अघि बढाउन सरकारलाई परमादेश जारी गरेपछि विवाद थप चर्किएको हो। विरोधकर्ताहरूले लोकतन्त्र, न्याय र निष्पक्षताको संरक्षण गर्न सबै सरोकारवालालाई सचेत हुन आग्रह गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार