लोक आवाज,
जानकपुरधाम, भदौ ५ । मधेश प्रदेश, सुख्खाग्रस्त घोषित क्षेत्रका रूपमा चिनिँदै आएको यस क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत् आपूर्तिमा सुधार ल्याउन र सिँचाइका लागि आवश्यक विद्युत् प्रभावकारी रूपमा वितरण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
बिहीबार जनकपुर पुगेर मन्त्री खड्काले पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मरहरू मर्मत गर्न जोड दिँदै विद्युत् चोरी नियन्त्रणलाई प्राथमिकतामा राख्न भने। उनले विद्युत् आपूर्तिमा देखिएका समस्या व्यवस्थापन सुधारबाट मात्र समाधान हुन सक्ने बताएका छन्। मन्त्री खड्काका अनुसार, सिँचाइका लागि आवश्यक विद्युत् प्रवाहलाई प्राथमिकता दिनुका साथै ट्रान्समिसन संरचनाको क्षमता अनुसार व्यवस्थित वितरण गर्नुपर्नेछ। मधेश प्रदेशमा विद्युत् चोरी बढी देखिएको छ, त्यसलाई रोक्नु आवश्यक छ।
उनको यो निर्देशनले सुख्खा याममा कृषकलाई सहज सिँचाइ सुविधा दिन र विद्युत् सेवा भरपर्दो बनाउन केन्द्रित छ।




प्रतिक्रिया !