सर्लाहीमा गाँजा ओसारपसार गर्दै गरेका दुई जना पक्राउ

सर्लाहीमा गाँजा ओसारपसार गर्दै गरेका दुई जना पक्राउ

लोक आवाज,
सर्लाही, भदौ ५ । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थित घरबाट करिब २० किलो ३४० ग्राम लागुऔषध गाँजा बरामद गरी एक दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ प्राप्त विशेष सूचनाका आधारमा रुपेश साहको पक्की घरमा संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा घरको छतमा लुकाइएको गाँजा फेला परेको हो। पक्राउ पर्नेमा ४५ वर्षीय रुपेश साह र उनकी ३५ वर्षीया पत्नी प्रतिमा कुमारी साह रहेका छन्। प्रहरी चौकी हरिपुर्वा, जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगञ्जका करिब २६ जना प्रहरी समन्वयमा खटिएका थिए। सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार दम्पतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार