भारत–चीनको लिपुलेक व्यापारिक नाका सहमति बिरुद्ध युवाहरूको विरोध, ८ जना पक्राउ

भारत–चीनको लिपुलेक व्यापारिक नाका सहमति बिरुद्ध युवाहरूको विरोध, ८ जना पक्राउ

लोक आवाज,
काठमाडौँ, भदौ ५ । भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहले विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता हानेर आफ्नो आपत्ति प्रकट गरेका थिए। प्रहरीले पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै आठ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

युवाहरूले लिपुलेक नेपाली भूमि रहेको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको आरोप लगाएका थिए। उनीहरूले सरकारलाई कूटनीतिक रूपमा ठोस कदम चाल्न आग्रह गर्दै जोरदार नारा प्रदर्शन समेत गरेका थिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार