लोक आवाज,
काठमाडौँ, भदौ ५ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानको तुलनामा दक्षिणतर्फ सरेपछि नेपालमा हाल मनसुन केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेकाले देशका केही भागमा वर्षा हुने सम्भावना कायम रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भू (भागमा सामान्य बदली रहनेछ भने तराईलगायत अन्य क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
रातिको समय अझ संवेदनशील देखिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू (भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले पहाडी क्षेत्रका बासिन्दालाई पहिरो, सडक अबरुद्ध र साना नदी तथा खोलानालामा पानीको बहाव तीव्र हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।




प्रतिक्रिया !