रास्वपा र राप्रपा बैठकबाट बाहिरिए, बहिष्कारको घोषणा

रास्वपा र राप्रपा बैठकबाट बाहिरिए, बहिष्कारको घोषणा

लोक आवाज ,
काठमाडौँ , भदौ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले भिजिट भिसा प्रकरणमा संसदीय विशेष समिति वा न्यायिक छानबिन आयोग गठन नभएको भन्दै बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा रास्वपाका सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा रानामगरबारे भएको व्यवहार लोकतन्त्रको विरुद्ध भएको भन्दै विरोध जनाए।

“लोकतन्त्रको विरासत बोकेको भनिने दलहरूले उपसभामुख पदको अवमूल्यन गरेका छन्, जुन लोकतन्त्रका लागि खतरा हो,” परियारले सदनमा बताएका थिए। उनपछि राप्रपाकी सांसद रोसन कार्कीले पनि छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्ने स्पष्ट पारिन्। उनले आफूहरूले बहिष्कार गरेको दिनको भत्ता नलिने निर्णयसमेत सुनाइन्।

संसद् बैठकमा बोलिसकेपछि दुवै पार्टीका सांसदहरू सदन कक्षबाट बाहिरिएका थिए। रास्वपा र राप्रपा दुवैले भिजिट भिसा सेटिङ प्रकरणमा निष्पक्ष छानबिनका लागि लामो समयदेखि दबाब दिँदै आएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार