लोक आवाज
सप्तरी , ४ भदौ । सप्तरीको राजविराज नगरपालिका–५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटेरा समूहले घरका सबै सदस्यलाई औषधि सुँघाएर बेहोस पारेपछि ठूलो चोरी गरेको प्रहरीले जनाएको छ।
मंगलबार राति विवाहको नयाँ माहोलमा छोरी माइत आएको मौका पारेर लुटेराहरूले २३ तोला सुन, चाँदीका गहना, मोबाइल र ५० हजार रुपैयाँ नगद चोरी गरेका छन्। सोनीका ज्वाइँ अमित कुचेरियाले प्रहरीले घरका सदस्यलाई बेहोस पारेर चोरी गरिएको सूचना दिएका हुन्। घटना पछिको छानबिन जारी छ।




प्रतिक्रिया !