लोक आवाज,
काठमाडौँ , भदौ ४ । जनता समाजवादी पार्टी जसपा नेपालले गौर हत्याकाण्डलाई राजनीतिक घटना ठहर गर्दै यसमा समाधान राजनीतिक शक्तिहरूबाटै खोजिनुपर्ने बताएको छ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “यो विषय राजनीतिक भएकाले राजनीतिक दल र शक्तिहरूबाट नै निष्पक्ष र विश्वसनीय समाधानको बाटो खोजिनुपर्छ। सर्वोच्च अदालतबाट भदौ २ गते जारी परमादेश अनुसार पुनः निष्पक्ष अनुसन्धान भइरहँदा आत्तिनुपर्ने अवस्था छैन।”
उनीहरूले मधेसी अधिकारकर्मी, पार्टी कार्यकर्ता, शुभेच्छुकहरूलाई संयमित र धैर्य राख्न हार्दिक अनुरोध समेत गरेका छन्। गौर हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित १३० जना विरुद्ध उजुरी परेको थियो। जसपा नेपालले भने पूर्णपाठ आदेश नआउँदै अध्यक्ष यादवलाई पूर्वाग्राही रूपमा समाचारमा जोडिएको भन्दै निन्दा गरेको छ।




प्रतिक्रिया !