लोक आवाज
काठमाडौँ , भदौ ४ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने सांसदहरूको प्रश्नोत्तर स्वास्थ्य समस्या हुँदा स्थगित गरिएको छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले स्वास्थ्य कारणले आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुने जानकारी दिएका छन्। प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ अनुसार, प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गरिएको छ। यस अन्तर्गत भदौ महिनाको प्रश्नोत्तर बैठक आज हुन लागेको थियो।



प्रतिक्रिया !