लोक आवाज
पर्सा भदौ ४ । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदीले जनता समाजवादी पार्टी राप्रपा मा औपचारिक रूपमा प्रवेश गरेका छन्। राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकमा सुवेदीलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे।
पहिले राप्रपा नेपालमा सक्रिय रहँदै आएका सुवेदी पछिल्लो समय केही समय पार्टीगत रूपमा निष्क्रिय थिए। पर्सामा केन्द्रीय पर्यवेक्षकका रूपमा कार्यरत सांसद सिंहले सुवेदीलाई पार्टी प्रवेश गराएका हुन्। सुवेदीले पार्टी प्रवेशपछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्न तथा देशको वर्तमान अवस्थालाई परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने विश्वास व्यक्त गरे। उनले भने, “राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रूपमा स्थापित गर्न समान विचारधारा भएका देशभक्त र राष्ट्रवादीहरू एकजुट हुन आवश्यक छ।”
विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टी संरचना विस्तार गर्ने, निष्क्रिय कमिटीहरूलाई सक्रिय पार्ने र समयमै स्थानीय तह, प्रदेशसभा, क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिए।




प्रतिक्रिया !