आज देशका केही भागमा भारी वर्षाको सम्भावना

आज देशका केही भागमा भारी वर्षाको सम्भावना

लोक आवाज
काठमाडौँ भदौ ४ । देशभर मनसुन केही कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको हुँदा व्यापक वर्षाको सम्भावना घटेको हो। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकोले केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना अझै कायम छ।

बुधबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनुका साथै केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। तराईका एक९दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। मधेश, कोशी, बागमती र गण्डकीका पहाडी र तराई भेगका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना पनि गरिएको छ।

वर्षासँगै पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव डेब्रिज फ्लो को जोखिम, खोला नालामा पानीको सतह बढ्ने र यातायात प्रभावित हुनसक्ने चेतावनी महाशाखाले दिएको छ। नागरिकलाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।फरक सामाचार

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार