लोक आवाज
रौतहट भदौ ४ । रौतहटको गुजरा नगरपालिका–२ मा लागुऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा स्थानीय ५५ वर्षीय गोपालबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार, गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले थिङको घरमा छापा मार्दा करिब साढे ३ किलो गाँजा बरामद भएको हो। बरामद गरिएको गाँजासँगै प्रहरीले नेपाली रुपैयाँ ७८ हजार र भारतीय रुपैयाँ ६१० पनि फेला पारेको जनाएको छ। थिङले गाँजा कहाँबाट ल्याएका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
हाल थिङलाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउमा कडा कदम चालिरहेको छ।




प्रतिक्रिया !