लोक आवाज
काठमाडौँ भदौ ४ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले घटेर हाल रु। १,९३,५०० मा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले कम हुँदै प्रतितोला रु। २,२५५ मा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपालको धातु बजारमा पनि प्रभाव पारेको बताइएको छ। धातुको मूल्य घटेसँगै उपभोक्ताहरूलाई केहि आर्थिक राहत पुगेको देखिए पनि, व्यवसायीहरू भने अझै बजारमा स्थिरता नआएसम्म सावधानी अपनाइरहेका छन्।




प्रतिक्रिया !