देवेन्द्र साहको निधनले सप्तरीमा शोकको छाया

देवेन्द्र साहको निधनले सप्तरीमा शोकको छाया

लोक आवाज
सप्तरी भदौ ४ । सप्तरीको राजगढ गाउँपालिका–५ का अध्यक्ष देवेन्द्र साहको बुधबार बिहान चितवनको भरतपुर क्यान्सर अस्पतालमा निधन भएको छ। ७० वर्षीय साह लामो समयदेखि अर्बुद क्यान्सर रोगसँग संघर्षरत थिए।

उपाध्यक्ष रेणुदेवी मण्डलले साहको निधनको पुष्टि गरेकी छिन्। साहले विगत तीन वर्षदेखि यो रोगको उपचार गर्दै आएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट वडा नं ५ बाट निर्वाचित भएका साह सामाजिक क्षेत्रमा सक्रिय, सरल स्वभावका नेताका रूपमा परिचित थिए। उनको निधनले गाउँपालिका तथा वरिपरि क्षेत्रहरूमा शोकको छाया फैलिएको छ।

स्व. साहका दुई छोरा र तीन छोरी छन्। गाउँपालिकाले उनको सम्झनामा औपचारिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार