अफगानी शरणार्थीको दुःखद दुर्घटना, बालबालिकासहित ठूलो जनधनको क्षति

अफगानी शरणार्थीको दुःखद दुर्घटना, बालबालिकासहित ठूलो जनधनको क्षति

लोक आवाज
अफगानिस्तान भदौ ४ । मंगलबार राति हेरात प्रान्तमा काबुलतर्फ गइरहेको बसले ट्रक र मोटरसाइकलसँग ठोक्किँदा भीषण आगलागी भएको छ, जसमा १७ बालबालिका सहित कुल ७३ जनाको ज्यान गएको छ। दुर्घटनामा परेका सबै मृतकहरू इरानबाट निर्वासित गरिएका अफगान आप्रवासीहरू रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्।

प्रान्तीय सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मत्ताकीले बीबीसी पश्तोलाई दिएको जानकारी अनुसार, दुर्घटना कडा भिडन्त र त्यसपछि लागेको आगलागीका कारण धेरै यात्रु घटनास्थलमै मृत्यु भएका थिए। बसमा सवार अधिकांश आप्रवासीहरू इस्लाम काला इरान (अफगान सीमा नजिकको क्षेत्रबाट काबुल फर्किंदै थिए। हेरात प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले एएफपीलाई बताए अनुसार, दुर्घटनामा अन्य दुई सवारीसाधनका चालक र यात्रुहरू पनि मारिएका छन्। प्रारम्भिक अनुसन्धानले बस चालकको अत्यधिक गति र लापरबाही नै दुर्घटनाको प्रमुख कारण देखाएको छ।

यो दुर्घटना पछिल्ला वर्षमा अफगानिस्तानमा भएको सबैभन्दा भयावह सडक दुर्घटनामध्ये एक मानिएको छ। स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य पूरा गरेपछि विस्तृत छानबिन गरिरहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार