लोक आवाज
काभ्रे भदौ ४ । पाँचखाल नगरपालिका–६ केराघारीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ।
बिहान सिराहाबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले, ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ गइरहेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट चौरीदेउराली गाउँपालिका–८ निवासी रुपेश खरेल ९३५० गम्भीर घाइते भएका थिए। उपचारका लागि धुलिखेल अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि आक्रोशित स्थानीयले केहीबेर अरनिको राजमार्ग अवरुद्ध गरेका थिए। स्थिति नियन्त्रणमा आएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।




प्रतिक्रिया !