लोक आवाज
काठटमाडौँ भदौ ४ । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा दिएको परमादेशबारे छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाले बुधबार थापागाउँस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको छ।
साँझ ५ बजे बस्ने बैठकमा गौर हत्याकाण्डबारे अदालतको आदेश र रुपन्देही–३ उपनिर्वाचनको तयारीबारे छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिएका छन्।
गौर हत्याकाण्डमा मोर्चाका प्रमुख नेता उपेन्द्र यादव समेत जोडिएका छन्। यादवले घटनालाई “राजनीतिक प्रकृतिको” भएको बताउँदै प्रतिक्रिया दिनु अघि परमादेशको पूर्णपाठ कुर्नुपर्ने बताएका छन्।




प्रतिक्रिया !