सुनिल कुमार साह ,
जनकपुरधाम, २०८२ असार ११। मधेश प्रदेश सरकारले सुरेश यादवलाई मिडिया काउन्सिल, मधेश प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई औपचारिक रूपमा कार्यवाहक अध्यक्ष नियुक्त गरिएको हो।
गृह मन्त्री राजकुमार लेखीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा प्रदेश सञ्चारसम्बन्धी ऐन, २०७७ र सो ऐनको पहिलो संशोधनसहितको नियामावली, २०७७ बमोजिम सुरेश कुमार यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ।
प्रदेश सरकारको निर्णयसँगै सुरेश कुमार यादवले अब काउन्सिलको तर्फबाट सञ्चार नीति, मिडिया अनुगमन, प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारितासम्बन्धी अनुशासनलगायतका विषयमा काम गर्ने जिम्मेवारी पाएका छन्।
गृह मन्त्रालयले यादवको सफल कार्यकालको शुभकामना पनि दिएको छ। काउन्सिलको नेतृत्व पद केही समयदेखि रिक्त रहेको अवस्थामा कार्यवाहक अध्यक्षको रूपमा सुरेश यादवको नियुक्ति गरिएको हो।

यस निर्णयलाई प्रदेशका सञ्चारकर्मी र सरोकारवालाहरूले स्वागत गरेका छन्। उनीहरूले काउन्सिलको भूमिकालाई सशक्त र उत्तरदायी बनाउने अपेक्षा व्यक्त गरेका छन्।
मधेश प्रदेशको सञ्चार क्षेत्रको नियमन, अनुगमन र विकासमा मिडिया काउन्सिलको भूमिका प्रभावकारी रहँदै आएको छ। अब सुरेश यादवको कार्यकालमा यसलाई थप संस्थागत र गतिशील बनाउने आशा गरिएको छ।




प्रतिक्रिया !