राष्ट्रिय परिचयपत्र सेवामा अनिश्चितकालीन अवरोध

राष्ट्रिय परिचयपत्र सेवामा अनिश्चितकालीन अवरोध

लोक आवाज ,

जनकपुरधाम, २७ फागुन।  जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवामा अनिश्चितकालीन अवरोध आएको जनाएको छ।

 

कार्यालयले एक सूचना जारी गर्दै सर्भर डाउन भएकाले मर्मतकार्य भइरहेकाले सेवा अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। सर्भर मर्मतमा थप समय लाग्ने भएकाले राष्ट्रिय परिचयपत्रको इनसेलमेन्ट (नयाँ कार्ड वितरण) स्थगित गरिएको छ। साथै, राष्ट्रिय परिचयपत्रसम्बन्धी अन्य सबै सेवाहरूमा पनि अवरोध आएको र अर्को सूचना नआएसम्म सेवा प्रवाह स्थगित रहने उल्लेख गरिएको छ।

 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतले केन्द्रिय सर्भरमा आएको समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी दिँदै, यस मर्मत प्रक्रियामा थप समय लाग्ने भएकाले सेवा सुचारु हुन केही समय लाग्ने बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार