पर्सामा आत्मदाह प्रयास: मिटरब्याज पीडितले शरीरमा आगो लगाउन खोजे

पर्सामा आत्मदाह प्रयास: मिटरब्याज पीडितले शरीरमा आगो लगाउन खोजे

लोक आवाज ,

पर्सा  २६ फागुन —  जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आज एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिकाका वृजकिशोर साहले शरीरमा प्रज्ज्वलनशील पदार्थ छर्केर आगो लगाउने प्रयास गरेका थिए। सो समयमा, कार्यालयमा सुरक्षा अधिकारीहरूको बैठक चलिरहेको थियो।

 

सशस्त्र प्रहरीले उनलाई आत्मदाह गर्नबाट रोक्न सफल भएको छ, जसका क्रममा साह सामान्य घाइते भएका छन्। घटनापछि सशस्त्र प्रहरीले उनलाई तत्कालै नारायणी अस्पतालमा पुर्‍याएको छ, जहाँ उनको अवस्था सामान्य रहेको छ।

 

वृजकिशोर साहले आत्मदाह प्रयासअघि विष सेवन गरेको भन्ने हल्ला चले पनि यो पुष्टि भएको छैन। स्थायी रूपमा बाराको पचरौतामा रहेका साह हाल वीरगन्जको रानीघाटमा बस्दै आएका छन्। प्रारम्भिक जानकारी अनुसार, उनी मिटरब्याज पीडित रहेको बताइएको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार, प्रशासनको बैठककै क्रममा आत्मदाह प्रयासको खबर आएको हो। घटनाको थप विवरण आउने क्रममा रहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार