लोक आवाज ,
काठमाण्डौ, फागुन २४ – सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले यादवमाथि चार बुँदे आरोप लगाउँदै उनलाई स्पष्टीकरण माग गर्दै निलम्बन गरेको हो।
समितिको सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा यादवले पार्टी विधान-२०७५ को धारा ३९ का विभिन्न उपधाराहरू उल्लंघन गरेको आरोप लगाइएको छ। पार्टीले अनुशासन उल्लंघनका कारण उनलाई सात दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ।
जनमत पार्टीका अनुसार, यादवलाई स्पष्टीकरण प्राप्त नभएसम्म राष्ट्रिय कोषाध्यक्षको पदबाट निलम्बन गरिएको छ। पार्टीले कारबाही प्रक्रियाका लागि समयसापेक्ष निर्णय लिने बताएको छ।




प्रतिक्रिया !