गगन थापाद्वारा उर्जामन्त्री खड्कालाई कुलमान घिसिङलाई नहटाउन सुझाव,

गगन थापाद्वारा उर्जामन्त्री खड्कालाई कुलमान घिसिङलाई नहटाउन सुझाव,

लोक आवाज ,

काठमाडौँ  २४ फागुन –  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागेर उर्जामन्त्री दीपक खड्कालाई नचाहिने काम नगर्न सुझाव दिएका छन्।

 

सिन्धुलीमा आयोजित एक कार्यक्रममा थापाले सरकारले कुलमान घिसिङको विरुद्धमा लागेको देखिँदा चिन्ता प्रकट गरेका छन्। उनले ऊर्जा मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणका प्रमुख घिसिङलाई हटाउन गरिएको तयारीको आलोचना गर्दै यो कदम अनावश्यक भएको बताए। उनले उर्जामन्त्री खड्का र प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो प्रकारको निर्णयबाट पछि हट्न आग्रह गरे।

 

थापाले भने, “अहिले हामी ऊर्जा मन्त्रालयमा के भइरहेको छ, सुनिरहेका छौँ। मैले बुझ्न सकेको छैन कि यो बदनियत हो कि व्यवस्थापनको कमी। तीन–चार महिनामा सेवा निवृत्त हुने एक व्यक्तिलाई हटाउन लाग्नु उचित होइन। सरकार नै कुलमान घिसिङको पछि लागेको देखिन्छ, यो सही छैन। यस्तो अनावश्यक काममा कुनै पनि मन्त्री लाग्न हुँदैन।”

 

थापाले प्रधानमन्त्री ओलीप्रति पनि संकेत गर्दै रोष प्रकट गरे र भने कि प्रधानमन्त्रीले मन्त्रीहरूको निर्णयमा हस्तक्षेप गर्नुपर्ने बेला आएको छ। “प्रधामन्त्रीले राम्रो र नराम्रो कामको श्रेय पाउँछन्। हामी सहयोगी मात्र हौँ। सरकारले सबै काम राम्रो गरोस् भन्ने हाम्रो चाहना हो।”

 

थापाले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विवादबारे पनि सरकारको ध्यानाकर्षण गराउँदै भने, “५० वटा राम्रो काम गरे पनि एक नराम्रो कामको हल्ला बढी हुन्छ। त्यसैले, सरकारले राम्रो काम गर्नुपर्छ र अनावश्यक विवादमा नजाने राम्रो हुन्छ।”

 

हाल, उर्जामन्त्री खड्का मन्त्री परिषद्‌बाटै निर्णय गराएर कुलमान घिसिङलाई हटाउन लागिपरेका छन्। काठमाडौँ महानगरपालिकामा पनि महानगर प्रमुख र सरकारबीच विवाद चलिरहेको छ, जसले गर्दा सरकारी प्रशासनमा थप अन्योल उत्पन्न भइरहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार