जनकपुरधाम: पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशको समर्थनमा राजावादीहरुको मोटरसाइकल रैली

जनकपुरधाम: पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशको समर्थनमा राजावादीहरुको मोटरसाइकल रैली

जनकपुरधाम २३ फागुन । जनकपुरधाममा पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशको समर्थनमा राजावादीहरुले मोटरसाइकल रैली आयोजना गरेका छन्। राष्ट्रवादी नागरिक समाजको अगुवाईमा जनकचोकबाट सुरु भएको रैलीले जनकपुरधामका प्रमुख चोकहरुमा परिक्रमा गर्दै सम्पन्न भएको थियो।

 

रैली जनकचोकबाट सुरु भई भानुचोक, कदमचोक, विद्यापतिचोक, भ्रमरपुराचोक, रामानन्दचोक, पिडारीचोक, र मिल्सएरिया हुँदै पुनः जनकचोकमै पुगेर टुंगिएको हो।

 

रैलीका सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै पूर्वराजाको पक्षमा नारा लगाएका थिए। रैलीको क्रममा पूर्व राजा शाहको प्रजातन्त्र दिवस सन्देशलाई समर्थन जनाउँदै देशभक्तिको भावनालाई जोड दिएका थिए।

 

राष्ट्रवादी नागरिक समाजका अनुसार यो रैलीको उद्देश्य राष्ट्रप्रति प्रेम र ऐतिहासिक परम्पराको सम्मान प्रकट गर्नु रहेको थियो। रैलीमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता देखिएको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार