जनकपुरधाम, फाल्गुण २२ – मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेशकै सबैभन्दा ठूलो र अत्याधुनिक वाटर पार्क “वंडरलैंड वाटर पार्क” को उद्घाटन शुक्रबार, फाल्गुण २३ गते, अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा हुने भएको छ। जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि. द्वारा क्षीरेश्वरनाथ नगरपालिका-१ मा निर्माण भएको यो पार्क ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ।
पार्कमा Multilane Slide, Body Wave Slide, Wave Pool, Rain Dance लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु उपलब्ध गराइनेछ। आगन्तुकहरूको सुविधाका लागि खाना, पार्टी हल, तथा १८ हजार स्क्वायर फिटमा फैलिएको रेस्टुरेन्ट कम्प्लेक्स निर्माणाधीन अवस्थामा रहेको छ। पार्क बिहान १०:३० देखि बेलुका ५ बजेसम्म संचालन हुनेछ भने उद्घाटनको दिन सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले उद्घाटन पूर्व आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।





प्रतिक्रिया !