जनकपुरधाम चक्रपथ सडकको शिलान्यास, नगर विकासमा ठुलो योगदानको अपेक्षा

जनकपुरधाम चक्रपथ सडकको शिलान्यास, नगर विकासमा ठुलो योगदानको अपेक्षा

जनकपुरधाम ,  २१ फागुन –  नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलान्यास गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनामा आयोजित एक विशेष कार्यक्रमका बीच महासेठले ३२ किलोमिटर लामो सो चक्रपथ सडकको शिलान्यास गरेका हुन्।

 

यो सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपुरा रुपैठा, बसहिया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मिनिया, ठेरा, बेङ्गा शिवपुरलाई जोड्नेछ। चक्रपथको निर्माण पूरा भएपछि जनकपुरधामको समग्र विकासमा ठूलो योगदान हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।

शिलान्यास कार्यक्रममा पूर्वमन्त्रीहरू जुली महतो र अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार