मधेश कृषि विश्वविद्यालयमा ताला खुलेपछि पठनपाठन सुचारु

मधेश कृषि विश्वविद्यालयमा ताला खुलेपछि पठनपाठन सुचारु

सप्तरी, ९ फागुन —  सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवनमा लगाइएको ताला शनिबार खुलेको छ। गत भदौदेखि तलब नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीहरूले फागुन १ गतेदेखि तालाबन्दी गरेका थिए, जसका कारण पठनपाठन प्रभावित भएको थियो।

 

जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वपक्षीय बैठकपछि आन्दोलनरत उपप्राध्यापक र कर्मचारीहरूले ताला खोलेका हुन्। बैठकमा मधेश प्रदेश सरकार र विश्वविद्यालयका कुलपति तथा उपकुलपतिलाई तलब भत्ता उपलब्ध गराउन आग्रह गर्ने र विश्वविद्यालयका अन्य समस्याहरू सिनेट बैठकमार्फत समाधान गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने सहमति भएको थियो।

 

छलफलमा संक्षिप्त रूपमा उपस्थित भएका मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहले फागुन २० मा बस्ने सिनेट बैठकमा समस्या समाधानका लागि ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

तालाबन्दी खुलेसँगै विश्वविद्यालयमा पठनपाठन सुचारु भएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार