जनकपुरधाममा यामाहा मेगा एक्सचेन्ज अफर सुरु

जनकपुरधाममा यामाहा मेगा एक्सचेन्ज अफर सुरु

जनकपुरधाम, ०४ फाल्गुन  जनकपुरधामको रङ्गभूमि मैदानमा यामाहाको मेगा एक्सचेन्ज अफर आज आइतबारदेखि सुरु भएको छ। ६ दिनसम्म चल्ने यस अफर फागुन ९ गते शुक्रबारसम्म सञ्चालन हुनेछ।

 

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले अफरको उद्घाटन गरेका थिए। उनले उद्घाटन सत्रमा २०५५ सालमा आफूले यामाहाको वाइबीएक्स मोटरसाइकल खरीद गरेको स्मरण गर्दै यामाहा कम्पनीको मोटरसाइकलहरू टिकाउ, भरपर्दो र विश्वस्त रहेको बताए।

 

यस मेगा एक्सचेन्ज अफरमा पुरानो बाइक वा स्कुटरको मूल्याङ्कनमा १०,००० रुपैयाँको अतिरिक्त मूल्याङ्कन सुविधा र नयाँ यामाहाको खरिदमा ६,००० रुपैयाँको नगद छुट उपलब्ध गराइएको छ। साथै, खरिदकर्ताले हेलमेट, लेगगार्ड, फुटम्याट, बाइक कभर र ब्यागजस्ता एसेसेरिज पनि फ्रिमा प्राप्त गर्न सक्नेछन्।

 

उद्घाटन सत्रमा मन्त्री रायले पहिलो ग्राहकलाई यामाहाको स्कुटरको चाभी हस्तान्तरण गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार