फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि.द्वारा सेयरधनी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि.द्वारा सेयरधनी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

लोक आवाज , जनकपुरधाम , ३० माघ  –  धनुषा जिल्लाका निजी विद्यालय सञ्चालकहरूको सहभागितामा स्थापना भएको फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि. ले माघ २९ गते विशेष कार्यक्रमको आयोजना गरी सेयरधनी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि. तीन वर्षदेखि निरन्तर रूपमा सञ्चालनमा रहँदै आएको छ। कोरोना महामारीपछि दर्ता भई संस्थागत रूपमा अघि बढाइएको यस संस्थाको मुख्य उद्देश्य समाजमा शिक्षाको प्रवर्द्धन गर्नु र विभिन्न क्षेत्रमा सकारात्मक योगदान पु-याउनु रहेको छ।

 

संस्थाका अध्यक्ष संजिव यादवले सेयरधनी प्रमाणपत्र वितरण गर्दै फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि. को भविष्य योजनाका बारेमा जानकारी गराउनु भयो। उहाँले संस्थाले आगामी दिनमा शिक्षाको क्षेत्रमा मात्र नभई समाजसेवामा समेत महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले थप्नुभयो, “हाम्रो उद्देश्य शिक्षाको विकास र समाजमा सेवा गर्ने हो। हामीले यो यात्रालाई निरन्तरता दिनेछौं।”

 

कार्यक्रमको क्रममा संस्थाका प्रेस संयोजक बिमलेस केपीले फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि. ले शिक्षा, समाजसेवा तथा अन्य क्षेत्रहरूमा अझ सशक्त रूपमा योगदान दिने लक्ष्य राखेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “हामीले आगामी दिनहरूमा समाजका विभिन्न क्षेत्रमा विशेष गरेर शिक्षा र समाजसेवामा ध्यान दिनेछौं। यस संस्थाबाट प्राप्त भएको मुनाफा र श्रोतलाई सामुदायिक विकासमा लगानी गर्नेछौं।”

 

फाउण्डर इन्भेस्टमेन्ट प्रा. लि. ले शिक्षा प्रवर्द्धनको उद्देश्य राख्दै धनुषा जिल्लाको निजी विद्यालयहरूलाई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। कार्यक्रमका सहभागीहरूले संस्थाले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा संस्थाको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे।

 

उक्त कार्यक्रमले धनुषा जिल्लाका शैक्षिक संस्थाहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ। संस्थाले आगामी दिनहरूमा समाजसेवा, शैक्षिक विकास तथा अन्य विभिन्न क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार