मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको चार वर्षे कार्यकालको मुख्य उपलब्धिहरू सार्वजनिक

 मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको चार वर्षे कार्यकालको मुख्य उपलब्धिहरू सार्वजनिक

 सुनिल कुमार साह ,

लोक आवाज जनकपुरधाम, २९ माघ ।  मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो चार वर्षे कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गरे। यादवले २०७७ सालदेखि २०८१ सालसम्मको अवधिमा प्राधिकरणले महत्वपूर्ण प्रगति गरेको बताएका छन्।

 

उनका अनुसार, प्राधिकरणलाई व्यवस्थित र सक्रिय संरचनाको रूपमा स्थापना गर्न सफल भएका छन्। साथै, “मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९” र “पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा कार्यविधि २०७९”लाई मन्त्रिपरिषद्बाट पारित गराई कार्यान्वयनमा ल्याउन सफल भएका छन्। यसले सञ्चारकर्मीहरूको स्वास्थ्य र सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

 

अध्यक्ष यादवले २०७९ सालदेखि मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रक्रिया सुरु गरेको उल्लेख गरे। चालु आर्थिक वर्षमा ३१८ पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गराउने सम्झौता पनि गरिएको छ।

यसका अतिरिक्त, यादवले प्रदेशका ३०९ वटा सञ्चारमाध्यमलाई सूचीकृत गरी लोककल्याणकारी विज्ञापन प्रदान गरिरहेका छन्।

 

यद्यपि, उनले संस्थागत सुधारका लागि ठोस कदम चालेका भए पनि पूर्णकालिन कर्मचारीहरूको अभाव र प्राविधिक समस्यालाई प्रमुख चुनौतीका रूपमा चिन्हित गरे।

 

अध्यक्ष यादवले कार्यकाललाई सन्तोषजनक ठहर गर्दै भने, “यो चार वर्षको यात्रा चुनौतीपूर्ण भए पनि उपलब्धिपूर्ण रह्यो। हामीले भविष्यका लागि ठोस आधार तयार गरेका छौं।”

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार