जनकपुरधाम, २८ माघ । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले कर्मचारी र नेताहरूले नयाँ घर बनायो भने तिनीहरू चोर र भ्रष्टाचारी हुन् भन्ने स्पष्ट टिप्पणी गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मण्डलले नेताहरूको तलबले नयाँ घर बन्ने आधार नभएको जिकिर गर्दै पाँच-पाँच वर्षमा सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने माग गरे।
मण्डलले तलबले घरजम चलाउन नै कठिन हुने बताए। उनले थपे, ‘कसरी नयाँ घर बन्यो भन्ने प्रश्नले भ्रष्टाचारलाई उजागर गर्न मद्दत गर्छ।’
उनले घुस लिने र दिने दुवैलाई अपराधी भन्नु गलत रहेको भन्दै, घुस दिनु बाध्यता भएको र यसलाई नीतिगत रूपमा फेरबदल गर्नुपर्ने धारणा राखे।




प्रतिक्रिया !