उपेन्द्र यादव: जसपाले सरकारमा जानका लागि कुनै बार्गेनिङ गरेको छैन

उपेन्द्र यादव: जसपाले सरकारमा जानका लागि कुनै बार्गेनिङ गरेको छैन

लोक आवाज , काठमाडौं २७ माघ ।  जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूको सरकारमा सहभागिताका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन्। आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

 

अध्यादेशलाई सत्ताको बार्गेनिङको माध्यम बनाएको भन्ने आरोपप्रति जवाफ दिँदै यादवले भने, “यस्ता फोहोरी र फटाहा कुरा गर्नेहरूको कुरामा किन ध्यान दिने? हामीलाई अहिले सरकारमा जाने अवस्था छैन, मन्त्रालयको चाह पनि छैन।” उनले पार्टीले अध्यादेशबारे धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नासाथ निर्णय लिने बताए।

 

सरकारले हिउँदे अधिवेशनअघि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा अझै चढ्न सकेका छैनन्। यसअघि संसदमा अध्यादेश पारित गर्ने तयारी भए पनि प्रक्रिया स्थगित भएको थियो। राष्ट्रियसभा निर्णायक रहेको जसपा नेपालले विज्ञहरूसँग छलफल गरेपछि धारणा बनाएको जनाएको छ।

 

यादवले अध्यादेश कार्यसूचीमा चढ्न नसक्नुको कारण सरकार नै रहेको बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार